काठमाडौं । नयाँ प्रतिनिधिसभा र राष्ट्रिय सभासहितको संघीय संसद्को अधिवेशन अझै आह्वान भएको छैन। कानुनी प्रावधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने व्यवस्था भए पनि मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको छैन।
हाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार अधिवेशन आह्वानका लागि कुनै निर्णय भएको छैन। चैत १६ गतेका लागि अधिवेशन बोलाउने चर्चा भए पनि आवश्यक समयसीमा नपुग्ने भएकाले उक्त सम्भावना समाप्त भएको छ।