वाशिङ्टन/बेइजिङ । डोनाल्ड ट्रम्पको चीन भ्रमण आगामी मे १४ र १५ मा बेइजिङमा हुने तय भएको छ।
लामो समयदेखि प्रतिक्षा गरिएको यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत यस भेटलाई ‘ऐतिहासिक’ हुने बताएका छन्, जसले दुई देशबीचको सम्बन्धमा नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ।