काठमाडौं । पुस ५ गते म्याद सकिन लागेको जेनजी आन्दोलन जाँचबुझ आयोगले सरकारसँग एक महिना म्याद बढाउनका लागि आग्रह गरेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार भेटेरै म्याद थपका लागि आग्रह गरेका हुन् ।
आयोगका अध्यक्ष कार्कीले प्रधानमन्त्रीसँग छलफलका लागि समय लिइएको र अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने बताए ।
मन्त्रिपरिषद्को असोज ५ को निर्णयअनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।