कार्की आयोगको प्रतिवेदन अपूर्ण: कांग्रेस

३ हप्ता अगाडि
कार्की आयोगको प्रतिवेदन अपूर्ण: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अपूर्ण भएको टिप्पणी गरेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले प्रारम्भिक प्रतिक्रिया दिँदै भदौ २३ को घटनामा काम भए पनि भदौ २४ को विषय पर्याप्त समेटिन नसकेको बताए।

सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले विस्तृत अध्ययनपछि पार्टीले थप धारणा सार्वजनिक गर्ने जानकारी दिए।