९७ प्रतिशत पाठ्यपुस्तक छपाइ सकियो, चैत १५ देखि बिक्री

३ हप्ता अगाडि
९७ प्रतिशत पाठ्यपुस्तक छपाइ सकियो, चैत १५ देखि बिक्री

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको जनाएको छ।

शिक्षा मन्त्रालयका सचिव तथा केन्द्रका अध्यक्ष चूडामणि पौडेलका अनुसार चुनावी मतपत्र छपाइका बीच पनि पाठ्यपुस्तक उत्पादनलाई निरन्तरता दिइएको थियो।

केन्द्रले २०८३ शैक्षिक सत्रका लागि १,२६० बिक्रेता चयन गर्दै चैत १५ गतेदेखि बिक्री सुरु गर्ने तयारी गरेको छ।

प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार करिब ४५ लाख विद्यार्थीका लागि १ करोड ७० लाख थान पुस्तक छपाइ गर्ने लक्ष्यमध्ये अधिकांश पूरा भइसकेको छ।