काठमाडौं । केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएका छन्।
बुधबार च्यासलमा सांसदहरूलाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा प्रमुखमाथि गरिएको मुद्दा सिफारिस कानुनी रूपमा निराधार रहेको बताए।
ओलीले फौजदारी संहिताअनुसार घटनास्थलमा उपस्थित नभएका व्यक्तिलाई लापरवाहीको आरोप लगाउन नमिल्ने जिकिर गर्दै आयोगको सिफारिसलाई ‘विषाक्त’ र ‘पूर्वाग्रही’ बताएका छन्।