बालेन शाह संसदीय दलका नेता चयन, भोलि प्रधानमन्त्रीको शपथ

३ हप्ता अगाडि
बालेन शाह संसदीय दलका नेता चयन, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै बालेन्द्र शाहलाई दलको नेता चयन गरेको छ।

प्रवक्तासमेत रहेका सांसद मनिष झाका अनुसार बैठकले औपचारिक रूपमा बालेनलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो।

यसैबीच रास्वपाले प्रधानमन्त्रीका रूपमा बालेन शाहको शपथ ग्रहण कार्यक्रम व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र लेख्दै सम्पूर्ण तयारी मिलाइदिन आग्रह गरेका हुन्।

शुक्रबार (चैत १३) हुने शपथपछि बालेनले सोही दिन दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने तयारी छ।

यसैक्रममा प्रधानमन्त्री कार्यालय पुगेर ज्योतिषीले वास्तुशास्त्रसम्बन्धी सुझावसमेत दिएका छन्। उनले पूर्वप्रधानमन्त्री सुशीला कार्कीले प्रयोग गरेको कुर्सी नबस्न र टेबल–कुर्सीको दिशा परिवर्तन गर्न सुझाव दिएको स्रोतले जनाएको छ।