काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई पार्टीको धारणा अनुसार मात्रै संसद्मा बोल्न निर्देशन दिएका छन्।
बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै उनले व्यक्तिगत धारणा राख्न नपाइने स्पष्ट पारे।
ओलीले पार्टीको संसदीय भूमिका प्रभावकारी बनाउन एकता आवश्यक रहेको उल्लेख गर्दै सबैलाई एक ढिक्का भएर अघि बढ्न आग्रह गरे।