काठमाडौं उपत्यकामा आज मेघगर्जनसहित वर्षाको सम्भावना

३ हप्ता अगाडि
काठमाडौं उपत्यकामा आज मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानसँगै आज काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् बिनु महर्जनका अनुसार दिउँसोतिर उपत्यकामा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। “बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम सामान्य बदली रहेको छ, दिउँसोतिर मध्यम वर्षा हुन सक्ने सम्भावना देखिएको छ,” उनले बताइन्।

महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस रहेको छ। यद्यपि वास्तविक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे मापन गरिने भएकाले त्यसबेला तापक्रम केही घट्न सक्ने अनुमान गरिएको छ।

यसअघि बिहीबार प्रारम्भिक मापनमा १३ डिग्री सेल्सियस देखिएको न्यूनतम तापक्रम अन्तिम मापनमा घटेर १२.८ डिग्री सेल्सियस कायम भएको थियो। त्यस्तै, हिजो उपत्यकाको अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहेको थियो।