एमाले महाधिवेशन

चुस्त गतिमा मतदान, बिहीबार ढिलो गरी परिणाम आउने

३ महिना अगाडि
चुस्त गतिमा मतदान, बिहीबार ढिलो गरी परिणाम आउने

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनमा नयाँ नेतृत्व छनौटका लागि भइरहेको निर्वाचनमा सुस्त गतिमा मतदान भएकोछ ।  

बुधबार राति ११ बजेसम्ममा १४ सय मत मात्र खसेको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। एमाले महाधिवेशनमा कूल २ हजार २६३ मतदाता छन् । यसआधारमा अहिलेसम्म आधाभन्दा केही बढी मत मात्रै खसेको छ।

मतदानमा ढिलाई भएपछि समय थपिदै लगिएको छ। एक प्रतिनिधिले औसत ३० मिनेटभन्दा बढी समय मतदान गर्न लाग्ने गरेको छ । मतदानमा ढिलाइ भएपछि कुपन दिएर महाधिवेशन प्रतिनिधिलाई भृकुटीमण्डपमै एउटा हलमा राखिएको छ।

ऊनीहरू त्यहाँ नाचगान गरिरहेका छन् । एमाले महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा छन्।