आज नयाँ प्रधानमन्त्री बन्दै बालेन्द्र शाह, दिउँसो शपथ ग्रहण

३ हप्ता अगाडि
आज नयाँ प्रधानमन्त्री बन्दै बालेन्द्र शाह, दिउँसो शपथ ग्रहण

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

राष्ट्रपति कार्यालयका अनुसार त्यसअघि शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो।

आज अपराह्न हुने शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ हुने बुझिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै १८२ सिट जितेको थियो। सोही दलले बिहीबार मात्रै शाहलाई संसदीय दलको नेता चयन गरेको हो।

निर्वाचनमा शाह झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मतसहित विजयी भएका थिए। यसअघि बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।