बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण

३ हप्ता अगाडि
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

नेपालको संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै मध्यान्ह १२ः३४ बजे शीतल निवास मा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

नयाँ सरकार गठनसँगै देशको राजनीतिक समीकरणमा नयाँ अध्याय सुरु भएको छ।