बालेन सरकारमा प्रस्तावित मन्त्रीले लिएनन् जिम्मेवारी

३ हप्ता अगाडि
बालेन सरकारमा प्रस्तावित मन्त्रीले लिएनन् जिम्मेवारी

काठमाडौँ । अमरेश कुमार सिंह ले बालेन नेतृत्वको सरकारमा प्रस्तावित उद्योगमन्त्री पद अस्वीकार गरेका छन्। उनको सचिवालयका अनुसार सिंहले मन्त्री पद ग्रहण नगर्ने निर्णय गरेका हुन्।

स्वकीय सचिवमार्फत प्राप्त जानकारीअनुसार सिंह शपथग्रहण कार्यक्रममा समेत सहभागी नहुने जनाइएको छ। यससँगै बालेन नेतृत्वमा गठन हुन लागेको मन्त्रिपरिषद्मा एक महत्वपूर्ण मन्त्रालय खाली रहने अवस्था देखिएको छ।

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् गठनको तयारी भइरहेका बेला आएको यो निर्णयले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। सिंहको अस्वीकारपछि उद्योग मन्त्रालयमा कसलाई जिम्मेवारी दिइने भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।

सरकार गठन प्रक्रिया जारी रहेकाले उक्त मन्त्रालयमा नयाँ नाम प्रस्ताव हुने सम्भावना रहेको बताइएको छ।