काठमाडौँ । बालेन्द्र शाह ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथसँगै प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैंले सम्हालेका छन्। नयाँ मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री नियुक्त भएका छन्।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नयाँ संविधान लागू भएपछि उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलो घटना मानिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका शाह पहिलोपटक संसद् सदस्य निर्वाचित भएसँगै प्रधानमन्त्री बन्न सफल भएका हुन्। झापा क्षेत्र नम्बर ५ बाट उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई ठूलो मतान्तरले पराजित गरेका थिए।