गाजा । दक्षिण गाजा को अल-मावासी क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित चार जना घाइते भएका छन्। विस्थापित व्यक्तिहरू बसोबास गरिरहेको टेन्टमा आक्रमण हुँदा उनीहरू घाइते भएको प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी ले जनाएको छ।
घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको बताइएको छ। आक्रमणको समयमा उक्त क्षेत्रमा धेरै विस्थापित परिवारहरू आश्रय लिएर बसेका थिए।
यसैबीच नुसेइरात शरणार्थी शिविरको दक्षिणी क्षेत्रमा भएको अर्को हवाई आक्रमणमा तीन जनाको ज्यान गएको प्यालेस्टिनी स्वास्थ्य स्रोतहरूले जानकारी दिएका छन्।
गाजामा जारी द्वन्द्वका कारण सर्वसाधारण नागरिकहरू निरन्तर प्रभावित भइरहेका छन्। हवाई आक्रमण र प्रतिआक्रमणका घटनाले मानविय संकट झन् गहिरिँदै गएको छ।