काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ले निजामती प्रशासनभित्र सक्रिय विभिन्न समूह, अभियान वा युनियनजस्ता संरचनासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन्। उनले पार्टीको नाम जोडेर व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्ने प्रयास भइरहेको भए त्यस्ता गतिविधिबाट सचेत रहन सबैलाई आग्रह गरेका छन्।
विज्ञप्तिमा कुनै पनि समूह वा संयन्त्रसँग पार्टीको आबद्धता, समर्थन वा संलग्नता नरहेको उल्लेख गर्दै भ्रम नफैलाउन चेतावनी दिइएको छ। साथै, कर्मचारी र सरोकारवालाहरूलाई यस्ता भ्रामक प्रचारप्रति सचेत रहन अपिल गरिएको छ।
रास्वपाले आफ्नो आधिकारिक धारणा स्पष्ट पार्दै संगठनको नाम दुरुपयोग हुन नदिन ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।