काठमाडौँ । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित करिब १०० वटा निर्णय गरेको छ। ती निर्णयहरू विस्तृत रूपमा पछि सार्वजनिक गरिने जनाइएको छ।
बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने महत्वपूर्ण निर्णयसमेत गरेको छ। उक्त आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ विरुद्ध कारबाहीको सिफारिस गरेको थियो।
यसैबीच सरकारको प्रवक्ताको जिम्मेवारी सस्मित पोखरेल लाई दिइएको छ। सरकारले प्रारम्भिक चरणमै तीव्र गतिमा निर्णय गर्दै शासन सञ्चालनमा सक्रियता देखाएको संकेत गरेको छ।