ओली पक्राउको विरोधमा एमाले: तत्काल रिहा गर्न शंकर पोखरेलको चेतावनी

२ हप्ता अगाडि
ओली पक्राउको विरोधमा एमाले: तत्काल रिहा गर्न शंकर पोखरेलको चेतावनी

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

जेनजी आन्दोलनका क्रममा भएको भनिएको हिंसात्मक दमनको अभियोगमा ओलीलाई शनिबार बिहान भक्तपुरको गुन्डुस्थित निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेले कडा प्रतिक्रिया दिएको हो।

पक्राउलगत्तै पोखरेलले सामाजिक सञ्जालमार्फत सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्, “पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर!”

सरकारले भने जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। ओलीसहित अन्य उच्च पदाधिकारीमाथि पनि अनुसन्धान जारी रहेको बताइएको छ।