काठमाडौं । नयाँ शक्तिहरु मिलेर जान घनिभुत छलफल चलाइरहँदा पुराना दलहरु कांग्रेस एमाले पनि चुनावी गठबन्धनका लागि छलफलमा जुटेका छन् ।
गएको मंसिर १० गते कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली उनकै निवास महाराजगञ्ज पुगेका थिए । पत्नी राधिका शाक्यसहित ओली देउवा निवास पुगेका थिए । त्यसपछि कांग्रेसका निर्वतमान सांसदहरु संसद पुनस्र्थापनाको मुद्दा लिएर अदालत गए ।
त्यसपछि ओली र देउवाबीच पुस ७ गते पुनः भेटवार्ता गरे । तत्काल संसद पुनस्र्थापनामा एक हुने सहमति जुटाएका दुईनेताले राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमति जुटाएका छन् । त्यसपछि फागुन २१ गतेको निर्वाचनमा गठबन्धन गरेर जानेबारे पनि छलफल भइरहेको नेताहरुले बताएका छन् ।
कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, श्याम घिमिरे लगायत र एमालेकातर्फबाट शंकर पोखरेल, महेश बर्तौला लगायतका नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् ।