काठमाडौँ । नेपाली कांग्रेस ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा नवनिर्वाचित आफ्ना सांसदहरूका लागि संसदीय सचेतना (अभिमुखीकरण) कार्यक्रम सुरु गरेको छ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको कार्यक्रममा नव निर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया र जिम्मेवारीबारे प्रशिक्षण दिइने जनाइएको छ। पार्टीले आफ्ना सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, साथै महामन्त्रीहरू प्रदीप पौडेल र गुरु घिमिरे ले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
काँग्रेसले आफ्ना तर्फबाट निर्वाचित सांसदहरूलाई संसदीय कार्यसम्पादनमा दक्ष बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।