ओली पक्राउविरुद्ध अनेरास्ववियुको आक्रोश: भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

२ हप्ता अगाडि
ओली पक्राउविरुद्ध अनेरास्ववियुको आक्रोश: भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु ले अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गरेको छ।

ओलीको तत्काल रिहाइको माग गर्दै विद्यार्थीहरूले टायर बालेर विरोध जनाएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा आरोप लगाए।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसको विरोधमा पार्टीको निर्देशनअनुसार विद्यार्थी संगठन सडकमा उत्रिएको जनाइएको छ।

एमालेले ओली पक्राउलाई अस्वीकार्य कदम भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने संकेत दिइसकेको छ। त्यसैको प्रभावस्वरूप विभिन्न स्थानमा विरोध प्रदर्शन बढ्दै गएको छ।