ट्रम्पको प्रतिबद्धतामै प्रश्न, इजरायलद्वारा इरानमा आक्रमणको आरोप
इरानका विदेशमन्त्री अब्बास अराघचीका अनुसार इजरायलले देशका दुई ठूला स्टिल उद्योग, एक विद्युत् केन्द्र तथा नागरिक प्रयोजनका आणविक संरचनामा आक्रमण गरेको छ।
उनले सामाजिक सञ्जालमार्फत यी आक्रमणहरू डोनाल्ड ट्रम्प ले दिएको समयसीमाविपरीत भएको दाबी गरेका छन्। ट्रम्पले केही समयअघि आगामी १० दिनसम्म इरानका ऊर्जा संरचनामा आक्रमण नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
तर उक्त घोषणा भएको २४ घण्टा नबित्दै आक्रमण भएको इरानको भनाइ छ। साथै, इजरायली सेनाले इरानको अराकस्थित हेभी वाटर आणविक केन्द्रमा पनि प्रहार गरेको जनाइएको छ।
यद्यपि, उक्त घटनामा मानवीय क्षति नभएको इरानी आणविक ऊर्जा निकायले जनाएको छ।
इरानले यी गतिविधिलाई गम्भीर अपराध भन्दै इजरायललाई यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।