इरानले साउदी अरेबिया स्थित प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको खबर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा १० जना अमेरिकी सैनिक घाइते भएका छन्।
स्रोतहरूका अनुसार इरानबाट मिसाइल तथा ड्रोन प्रहार गरिएको थियो। घाइतेमध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर र अन्य आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
यसैबीच, कुवेतमा पछिल्लो २४ घण्टाभित्र छ वटा ड्रोन खसालिएको जानकारी सार्वजनिक भएको छ। साथै, कुवेतको प्रमुख व्यापारिक बन्दरगाहमा भएको आक्रमणबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको बताइएको छ।
अर्कोतर्फ, इजरायल को तेल अभिभमा भएको मिसाइल आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। इजरायली सुरक्षाबलले केही क्षेप्यास्त्रलाई अवरोध गरेको र सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको जनाएको छ।
लगातार भइरहेका आक्रमण र प्रतिआक्रमणका कारण मध्यपूर्व क्षेत्रमा तनाव थप बढ्दै गएको छ।