चुनावी सरगर्मी बढ्यो, निर्वाचन आयोगको तयारी तीब्र

३ महिना अगाडि
चुनावी सरगर्मी बढ्यो, निर्वाचन आयोगको तयारी तीब्र

काठमाडौं । फागुन २१ गते चुनाव हुने विश्वास बढेको छ । राजनीतिक दलहरु चुनावमा केन्द्रित हुन थालेपछि चुनावको वातावरण बन्न थालेको हो ।

चुनावी सुरक्षाका लागि निर्वाचन आयोगले उच्चस्तरीय सुरक्षा समितिको बैठक राख्यो । आयोगका सदस्य सगुनशमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव रामेश्वर दङ्गाल, रक्षा सचिव केदारनाथ शर्मासहित सुरक्षा निकायका प्रमुख र प्रतिनिधिको सहभागिता रहेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक र नेपाली सेनाका रथी बैठकमा सहभागी थिए । बैठकले चुनावी सुरक्षा चुस्त बनाउने योजनामा छलफल गरेको छ । प्रमुख राजनीतिक दलहरुले सुरक्षा चुनौतिमै प्रश्न उठाउँदै आएका छन् ।