नयाँ शिक्षा मन्त्रीको प्राथमिकता: विद्यालय सुधारदेखि पारदर्शी छात्रवृत्तिसम्म

२ हप्ता अगाडि
नयाँ शिक्षा मन्त्रीको प्राथमिकता: विद्यालय सुधारदेखि पारदर्शी छात्रवृत्तिसम्म

काठमाडौं । नयाँ सरकार गठनसँगै शिक्षा क्षेत्र सुधारको चर्चा तीव्र बनेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को नेतृत्व सम्हालेका सस्मित पोखरेलले समग्र शिक्षा प्रणालीमा सुधार ल्याउने लक्ष्य सार्वजनिक गरेका छन्।

उनका अनुसार विद्यालय शिक्षाको गुणस्तर उकास्न शिक्षकहरूको सीप विकास, शैक्षिक पूर्वाधार सुदृढीकरण तथा नतिजामुखी कार्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राखिनेछ। साथै, छात्रवृत्ति वितरण प्रक्रियालाई थप पारदर्शी र निष्पक्ष बनाउने तयारी गरिएको उनले बताएका छन्।

मन्त्री पोखरेलले स्थानीय तहमा सफल अभ्यास भएका शैक्षिक कार्यक्रमहरूलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना रहेको पनि उल्लेख गरेका छन्। यसले शिक्षा प्रणालीलाई थप व्यवस्थित, समावेशी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।