निर्वाचन आचारसंहिता स्वीकृत

३ महिना अगाडि
निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ । निर्वाचन आचारसंहिता २०८२ अन्तर्गत चुनाव प्रचारका लागि निश्चित हेलिकप्टर र तोकिएको संख्यामा मात्र घोडा प्रयोग गर्न पाइने छ ।

त्यसका लागि प्रचार–प्रसारका क्रममा एउटा दलका दुईमुख्य प्रचारकको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने छ र आयोगले अनुमति दिएमा ति दुई मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न पाउने छन् । त्यस्तै उम्मेदवारले दुईवटा दुईपाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे सवारी साधन प्रयोग गर्न पाउनेछन् ।

गाडी चल्न नसक्ने निर्वाचन क्षेत्रमा चारवटासम्म घोडा प्रयोग गर्न पाइनेछ । तर, चुनावी प्रचारमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न पाइनेछैन । राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारमा १० वटाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न रोकिनेछ । आचारसंहिता लागेसँगै सरकारले दुरगामी असर पर्नेखालका निर्णय गर्न पनि पाउनेछैन । मन्त्री वा जनप्रतिनिधिले चुनाव प्रचारमा हिड्न पाउने छैनन् ।