नेपालगन्जमा जलेको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु, अनुसन्धान जारी

२ हप्ता अगाडि
नेपालगन्जमा जलेको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु, अनुसन्धान जारी

बाँके । नेपालगन्जमा जलेको अवस्थामा फेला परेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार करिब २५ वर्षीया ती युवती गएराति नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गम्भीर रूपमा जलेको अवस्थामा फेला परेकी थिइन्।

घटनापछि उनलाई तत्काल भेरी अस्पताल पुर्‍याएर उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

हालसम्म मृतक युवतीको पहिचान खुल्न सकेको छैन। उनी कसरी आगलागीमा परिन् भन्ने विषय पनि स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति रहस्यमय देखिएकाले विस्तृत अनुसन्धान भइरहेको र शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ।