गुल्मीमा जिप दुर्घटना: पैदलयात्रीको ज्यान गयो, चालक नियन्त्रणमा

२ हप्ता अगाडि
गुल्मीमा जिप दुर्घटना: पैदलयात्रीको ज्यान गयो, चालक नियन्त्रणमा

गुल्मी । गुल्मीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्रकोट गाउँपालिका–४ की ५५ वर्षीया तुलसी थापा को उपचारका क्रममा निधन भएको हो।

शनिबार साँझ चन्द्रकोटबाट शान्तिपुरतर्फ जाँदै गरेको लु. १ ज १८३४ नम्बरको सफारी जिपले रिपाहा क्षेत्रमा बाटो काट्दै गरेकी थापालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई प्रारम्भिक उपचारपछि लुम्बिनी मेडिकल कलेज पठाइएको थियो।

उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले जिप चालक जीवन फौदारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।