सुनको मूल्यमा फेरि उछाल, चाँदी पनि महँगियो

२ हप्ता अगाडि
सुनको मूल्यमा फेरि उछाल, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार रुपैयाँले वृद्धि भई २ लाख ८६ हजार रुपैयाँ पुगेको छ।

यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा ४६ सय रुपैयाँले घटेर २ लाख ८१ हजार रुपैयाँमा झरेको थियो। त्यस्तै, गत साताको अवधिमा निरन्तर घट्दै आएको सुनको भाउ फेरि उकालो लाग्न थालेको देखिएको छ।

पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ। केही दिनअघि उल्लेख्य गिरावट आएको सुन पुनः बढ्न थालेपछि बजारमा चासो बढेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। चाँदी तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसअघि माघ महिनामा सुन र चाँदी दुवैको मूल्य उच्च विन्दुमा पुगेका थिए भने पछिल्लो समय ती धातुको मूल्यमा तीव्र उतारचढाव देखिँदै आएको छ।