काठमाडौं । रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच समझदारी बनेपछि सेयर बजारमा पनि सकारात्मक सञ्चार भएको छ । आइतबार सेयर लगानीकर्ता उत्साहित देखिएका छन् । शाह र रास्वपा सभापति लामिछानेबीच समझदारी बनेसँगै राजनीतिक स्थिरता हुने अपेक्षा लिइएको छ ।
आइतबार सेयर बजार परिसूचक झण्डै २ प्रतिशतले बढेको छ । यो साता पहिलो दिन आइतबार कारोबार सुरु हुँदा २ हजार ५ सय ८५ दशमलव अंकमा रहेको नेप्से सूचक ४७ दशमलव ५५ अंक बढेर २६ सय ३३ दशमलव ४२ अंकमा पुगेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सुरु मूल्यमा सुधार आएपछि समग्र बजार सूचक उच्च अंकले बढेको हो । नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । आइतबार नेप्सेमा कारोबार भएकामध्ये २ सय ३८ कम्पनी सेयर मूल्य बढेको छ । कारोबार रकम पनि साढे ५ अर्बभन्दा माथि पुगेको छ ।