नेकपाको संसदीय दल बैठक आज, नेता चयन गर्ने तयारी

२ हप्ता अगाडि
नेकपाको संसदीय दल बैठक आज, नेता चयन गर्ने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज संसदीय दलको बैठक बोलाएको छ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक आह्वान गरिएको नेकपाका सांसद मातृका यादवले जानकारी दिएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्ष र समानुपातिक गरी १७ सिट जितेको छ। त्यसको आधारमा संसदीय गतिविधि व्यवस्थित गर्न दलको बैठक बोलाइएको हो।

आजको बैठकबाट संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ। स्रोतका अनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै संसदीय दलको नेता बनाउने सम्भावना रहेको छ।

बैठकलाई आगामी संसदीय रणनीति तथा दलभित्रको नेतृत्व संरचना तय गर्ने दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।