ताप्लेजुङको लोनाक क्षेत्रमा लेक लागेर योजना अधिकृतको मृत्यु

२ हप्ता अगाडि
ताप्लेजुङको लोनाक क्षेत्रमा लेक लागेर योजना अधिकृतको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको उच्च हिमाली क्षेत्र लोनाकमा एक योजना अधिकृतको लेक लागेर मृत्यु भएको छ।

समृद्ध पहाड संस्थामा कार्यरत ३३ वर्षीय चन्द्रजङ्ग हमालको कामका सिलसिलामा फक्ताङलुङ गाउँपालिका–६ स्थित लोनाक क्षेत्रमा पुगेका बेला मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उच्च हिमाली क्षेत्रमा काम गरिरहेकै क्रममा उनलाई लेक लागेको थियो। शनिबार बिहान बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको हो।

हमाल समृद्ध पहाड संस्थासँगै कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनामा समेत कार्यरत रहेका थिए।

उनको शव परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न एभरेष्ट एयर को हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा काम गर्दा आवश्यक सावधानी अपनाउन सरोकारवालाले आग्रह गरेका छन्।