काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी र इजरायली विश्वविद्यालयलाई लक्षित गरी आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।
इरानको राजधानी तेहरान स्थित विश्वविद्यालयमा भएको आक्रमणपछि IRGC ले यस्तो प्रतिक्रिया दिएको हो। उसले इरानी शैक्षिक संस्थामाथि भएको आक्रमणको बदला नलिएसम्म क्षेत्रका अन्य विश्वविद्यालयलाई पनि निशाना बनाउन सकिने जनाएको छ।
IRGC ले सार्वजनिक गरेको चेतावनीमा अमेरिकी विश्वविद्यालयका कर्मचारी, प्राध्यापक, विद्यार्थी तथा आसपासका बासिन्दालाई सुरक्षाका लागि विश्वविद्यालय क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।
यसैबीच इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेई ले सामाजिक सञ्जालमार्फत दुई इरानी विश्वविद्यालयमा भएको आक्रमणको कडा निन्दा गरेका छन्।
उनले संयुक्त राज्य अमेरिका र इजरायल माथि विश्वविद्यालय, अनुसन्धान केन्द्र र वैज्ञानिकलाई लक्षित गरेर देशको वैज्ञानिक र सांस्कृतिक आधार कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन्।
यस घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ।