रसुवा । असारदेखि बन्द रहेको रसुवागढी नाकाबाट आइतबारदेखि आवतजावत सुरु भएको छ । ६ महिनादेखि बन्द रहेको नाका खुलेसँगै आइतबार विहानदेखि नेपाली ट्रक चालक केरुङतर्फ जान सुरु गरेका हुन् ।
गएको असार २४ गते अघि सामग्री ल्याउन केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यवस्थापनका लागि चालक र सामानको व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधि केरुङ हिडेका हुन् ।
जिल्ला प्रशासन कार्यालय रसुवाले नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा बेलीब्रिज निर्माण भएपछि पुस १७ गतेबाट पूर्णरुपमा नाका खुल्ने जानकारी चिनियाँ पक्षले गराएको बताएको छ । ल्हेन्दे खोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द हुँदा गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व २० अर्ब नोक्सान भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।