अफ्रिकी राष्ट्र सुडान को दक्षिण कोर्डोफान राज्यस्थित डिलिङ शहरमा भएको ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस र त्यसका सहयोगी समूहले गरेको आक्रमणमा ज्यान गुमाउनेहरूमा पाँच बालबालिका र दुई महिला रहेका छन्। घाइतेहरूमध्ये सात जना बालबालिका रहेको जनाइएको छ।
स्थानीय स्रोतका अनुसार मेडिकल कर्मचारी र औषधि–उपकरणको अभावबीच शहरमा लगातार दोस्रो दिनसम्म तीव्र गोलाबारी भइरहेको अवस्थामा ड्रोन आक्रमण भएको हो। यसले मानवीय संकट झनै गम्भीर बनाएको बताइएको छ।
यसैबीच, सुडानी सशस्त्र बलले उक्त आक्रमणलाई विफल पारिएको दाबी गरेको छ।