दोस्रो दिन पनि सेयरबजार ओरालो, नेप्सेमा ४७ अंकको गिरावट

२ हप्ता अगाडि
दोस्रो दिन पनि सेयरबजार ओरालो, नेप्सेमा ४७ अंकको गिरावट

काठमाडौं । नेपाली सेयरबजारमा लगातार दोस्रो दिन पनि उच्च अंकको गिरावट देखिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार बजार ४७.७१ अंकले घट्दै २८३१.३९ विन्दुमा झरेको छ। यसअघि आइतबार पनि बजार ७१ अंकले घटेको थियो।

आजको कारोबारमा ३ करोड १६ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा करिब १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा २६ कम्पनीको सेयर मूल्य बढ्दा २३७ कम्पनीको घटेको छ भने ५ कम्पनी स्थिर रहेका छन्।

बढ्ने कम्पनीतर्फ रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिजलाइन इनर्जी र होटल फरेस्ट इनको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै सुपर खुदी हाइड्रोको सेयर पनि करिब १० प्रतिशतले बढेको छ।

यता, सोलु हाइड्रो, युनिक नेपाल लघुवित्त र सीवाईसी लघुवित्तलगायतका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। केही सेयरको मूल्य अधिकतम ७.७९ प्रतिशतसम्मले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा रिडी पावर अगाडि रहेको छ, जसको करिब ६८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसपछि ङादी ग्रुप पावर, शिवम् सिमेन्ट र अपि पावर को उच्च कारोबार देखिएको छ।

आइतबारझैँ सोमबार पनि सबै समूहमा गिरावट देखिएसँगै बजार समग्र रूपमा दबाबमा रहेको देखिएको छ।