काठमाडौं । नेपाली कांग्रेस समानुपातिक उम्मेदवारको टुंगो सोमबारमात्र लगाउने भएको छ । सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । उनलाई नेता शेखर कोइराला र महामन्त्री गगन थापाको दबाब रहेको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समानुपातिक उम्मेदवार चयनबारे केन्द्रित रहेको प्रवक्ता प्रकाश शरण महतले बताए । उनले ११० जना उम्मेदवारको टुंगो लगाएर सोमबार आयोगमा बुझाउने तयारी भइरहेको बताए ।
फागुन २१ मा निर्वाचन हुने भएपछि कांग्रेस त्यसतर्फ केन्द्रित भएको बताए । अहिले महाधिवेशन भन्दा पनि ११० सांसद चयनको काम महत्त्वपूर्ण भएकाले उम्मेदवार चयनमा केन्द्रित भइरहेको बताए । यसैबीच कांग्रेसले अनुशासनमा कारवाही गरेका आफ्ना नेताका निलम्बन फुकुवा गरेको छ ।