काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना

२ हप्ता अगाडि
काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना

काठमाडौं । काठमाडौँ उपत्यकामा आज दिनभरि मौसम बदली रही वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको हो।

मौसमविद् सरोज पुडासैनीले हाल उपत्यकामा बादल लागिरहेको र दिनभरि पानी पर्ने वातावरण बनेको जानकारी दिए।

आज बिहान प्रारम्भिक रूपमा मापन गरिएको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस रहेको छ। यद्यपि बिहानको अन्तिम मापनपछि तापक्रममा सामान्य घटबढ हुन सक्ने महाशाखाले जनाएको छ।

पछिल्ला दिनहरूमा पनि उपत्यकाको तापक्रम क्रमशः घट्दो क्रममा देखिएको छ। सोमबार न्यूनतम तापक्रम १४.९ डिग्री सेल्सियस कायम भएको थियो भने आइतबार १४ डिग्री सेल्सियस मापन गरिएको थियो।

यसरी, पछिल्ला दिनमा बढ्दो बदली र वर्षासँगै काठमाडौँको मौसम चिसिँदै गएको छ।