काठमाडौं । इराकको राजधानी बगदाद नजिकै भएको क्षेप्यास्त्र आक्रमणमा वायुसेनाको एक विमान ध्वस्त भएको छ।
इराकको रक्षा मन्त्रालयका अनुसार सोमबार बिहान बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको मोहम्मद अला एयर बेसलाई लक्षित गर्दै आक्रमण गरिएको हो। घटनामा कुनै मानव क्षति भने नभएको जनाइएको छ।
रक्षा मन्त्रालयले उक्त आक्रमणलाई सैन्य संरचना कमजोर बनाउने उद्देश्यसहित गरिएको आपराधिक कार्य भन्दै कडा शब्दमा निन्दा गरेको छ।
यसैबीच, सिरियाली अरब सेनाले पनि सोही दिन इराक सीमा नजिक आफ्ना सैन्य आधारहरूमा गरिएको ठूलो परिमाणको ड्रोन आक्रमण विफल पारिएको दाबी गरेको छ।
सेनाको अपरेसन कमान्डका अनुसार अधिकांश ड्रोनहरूलाई अवरोध गरी खसालिएको जनाइएको छ।